नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

Byसदाम हुसैन

२०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार

सर्लाही, १७ भदाै । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङमार्ग खुला गरिएको छ ।

नागढुंगा पातले वनमा सडक भासिएपछि आवागमन प्रभावित भएको छ । अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ ।

विभागका अनुसार सडक भासिएको स्थानमा भने प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम सुरु हुनेछ । त्यसपछि पूर्ण रुपमा सडक सञ्चालनमा ल्याउनेबारे छलफल भइरहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *