प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

Byसदाम हुसैन

२०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार

सर्लाही, १७ भदाै । नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल बसेको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई तत्काल १० लाख रुपैयाँ उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

बाढीमा परी २८ जना प्रहरी सम्पर्कबिहिन भएका थिए। ती मध्ये तीन जनाको शव फेला परेको छ ।   

दिवंगत प्रहरी कर्मचारीका परिवारजनहरूलाई विशेष आर्थिक सहयोग स्वरूप प्रहरी कर्मचारीहरूबाटै राहत स्वरूप संकलन गरिएको रकमबाट तत्काल प्रति परिवार १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको हो ।

साथै बाढीमा परि हालसम्म फेला पर्न नसेकका प्रहरी कर्मचारीहरूको खोजीको लागि परिवारका सदस्यहरूको सम्पर्क एवम् समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गरी खोजतलासलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ । 

यसैगरी दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने, उनीहरूको परिवारबाट इच्छुक १ जनालाई सीपमूलक तालिम प्रदान गर्ने साथै रोजगारीको लागि आवश्यक पहल गर्ने, उनीहरूका सन्ततिहरूलाई शैक्षिक वृत्ति अन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने बैठकमा निर्णय भएको छ । 

बाढी प्रभावित क्षेत्रका प्रहरी एकाइ इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी मैलुङ, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्याफ्रुवेशी, प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामग्रीहरू क्षतिको राहत स्वरूप जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने पनि निर्णय भएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना सिनियर प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकी दिवंगत, सम्पर्कविहीन एवम् घाइते प्रहरी कर्मचारीहरू र निजका आफन्त एवम् परिवारजनहरूलाई खोजतलास, उपचार तथा सेवा सुविधा प्राप्तिको लागि सहजीकरण गर्ने समेत बैठकमा निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *