सम्पर्कविहीन भएकाहरु भेटिने आशा टरेपछि कुशको शव बनाएर अन्त्येष्टि

Byसदाम हुसैन

२०८३ भाद्र १८, बिहीवार २०८३ भाद्र १८, बिहीवार २०८३ भाद्र १८, बिहीवार

सर्लाही, १८ भदाै । रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका व्यक्तिहरु जीवित भेटिने आशा टरेपछि उनीहरूका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन् ।

बाढी गएको एक हप्ता बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गर्न थालेका हुन् ।

हिजो पशुपति आर्यघाटमा कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गर्नेहरुको भीड लागेको थियो ।

Sawa-2-1788392231.jpg
बाढीमा परी आफन्त बेपत्ता भएको लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि अन्तिम संस्कार गर्न बाध्य भएको परिवारजनले बताएका छन् ।

आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्ततः धार्मिक संस्कार पूरा गरेर मनलाई केही शान्त पार्ने प्रयास गरेका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण अझै चार हजार दुईसयभन्दा धेरै सम्पर्कविहीन छन्  । 

Sawa-3-1788392272.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *