राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

Byसदाम हुसैन

२०८३ भाद्र १९, शुक्रवार २०८३ भाद्र १९, शुक्रवार २०८३ भाद्र १९, शुक्रवार

सर्लाही, १९ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने अमेरिका जाने हुनुभएको छ । यसबारे औपचारिक निर्णय हुन भने बाँकी छ ।

महासभामा उहाँले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ ।

संयुक्त राष्ट्रसंघको ८१औं महासभा यही भदौ २३ गते न्यूयोर्कको राष्ट्रसंघको मुख्यालयमा शुरु हुँदैछ । महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि शुरु हुनेछ ।

नेपालमा बाढीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा कुटनीतिज्ञहरुले आग्रह गर्दै आएका छन् ।

यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो । तर गएको भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएपछि जलवायु परिवर्तनजन्य विपद्बाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री महासभामा जानुपर्ने माग उठेको थियो ।

प्रधानमन्त्री सहभागी हुने भए उहाँले महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको विपद, त्यसको मानवीय तथा भौतिक क्षति र जलवायु न्यायको आवश्यकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *