साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य

Byसदाम हुसैन

२०८३ भाद्र २१, आइतवार २०८३ भाद्र २१, आइतवार २०८३ भाद्र २१, आइतवार

सर्लाही, २१ भदाै । एसीसी प्रिमियर कपको आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियाबाट १९१ रनको विजयी लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनायो ।

साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए । मोहम्मद आतिफले ३० रन बनाए । मोहम्मद हिशम शेखले १८ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ तथा शेर मल्लले १ विकेट लिए ।

आजको खेल जितेमा नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *