सर्लाही, २१ भदाै । सर्लाहीको विष्णु गाउँपालिका-२ पकडिटोलमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय रामचन्द्र ठाकुरकी श्रीमती ६० वर्षीया कृष्णामती देवी रहेकी छन् ।
प्रहरीका अनुसार कृष्णामती आफ्नै धान खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा मोटरको नाङ्गो तारमा अचानक पैताला पर्दा करेन्ट लागेर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो ।
अस्पतालमा साढे १२ बजे इसिजी गर्दा चिकित्सकले कृष्णामतीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
