सर्लाही, २१ भदाै । रसुवा बाढीपछि चीनको केरुङमा अलपत्र परेका व्यापारिक सामन कोरला नाकाबाट ल्याइने भएको छ ।
भदौ १० गते आएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ ।
सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तहसनहस बगाएका रसुवागढीस्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडकमार्ग तयार हुन समय लाग्ने देखिएपछि अब कोरला नाका प्रयोग गरी नेपालतर्फ सामन लैजाने काम धमाधम भइरहेको छ ।
उनले भने, “नेपालमा दसैँ–तिहारजस्ता ठूला चाडबाड सुरु हुन लागेको अवस्थामा छोटो सडकमार्ग प्रयोग गरी सामान ढुवानीको काम तीव्र रुपमा भइरहेको थियो ।”
