जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेदवार बन्ने

Byसदाम हुसैन

२०८३ भाद्र २२, सोमवार २०८३ भाद्र २२, सोमवार २०८३ भाद्र २२, सोमवार

सर्लाही, २२ भदाै । फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेदवार बन्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो ।

सन् २०१६ देखि फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका इन्फान्टिनो फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ता कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा परेका छन् ।

इन्फान्टिनोको आकर्षक योजनाले विश्वव्यापी विरोध निम्त्याएको थियोे; युरोपेली फुटबलको नियामक निकाय यूईएफएले विश्वकपसहित फिफाका सबै प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिइरहेको छ ।

गएको जुलाईमा सम्पन्न विश्वकपपछि नयाँ कार्यकालका लागि उम्मेदवारी दिने योजना सार्वजनिक भएयता इन्फान्टिनोले फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने कुरा फिफाले पहिलो पटक बताएको हो ।

गएको जुलाईको मध्यसम्म पनि इन्फान्टिनो पुनः निर्वाचित हुने कुरा निश्चित मानिएको थियो । तर आफ्नो विवादास्पद योजना रद्द भएपछि उनीमाथि दबाव बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *