सर्लाही, २२ भदाै । महाकाली नदीमा बगेर कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छन् ।
दोधारा–चाँदनी नगरपालिका–१० खडखडेनजिकै १५ वर्षीया श्रृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालयले नदी किनारमा टिकटक भिडियो बनाउने क्रममा सुनार बेपत्ता भएको जनाएको छ ।
प्रहरीले इलाका प्रहरी कार्यालय दोधारा–चाँदीन र प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरी टोलीले बेपत्ता किशोरीको खोजी गरिरहकेको पनि जनाएको छ ।
