मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

Byसदाम हुसैन

२०८३ भाद्र २४, बुधवार २०८३ भाद्र २४, बुधवार २०८३ भाद्र २४, बुधवार

सर्लाही, २४ भदाै । मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ः५३ बजे मुस्ताङ केन्द्रविन्दु गरी ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त कम्पनले लोमान्थाङलगायत माथिल्लो मुस्ताङमा घर, गुम्बाहरू चर्काएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरूङले सिधाकुरालाई जानकारी दिए ।

‘रातिदेखि बिहानसम्म निरन्तर भूकम्पीय धक्का महसुस भइरहेको छ । पाँच पटक कम्पन महसुस भयो । मानवीय क्षतिको सूचना छैन । तर घरहरू निकै चर्किएको छ,’ उनले भने, ‘मुस्ताङका अधिकांश घरहरू ढुंगामाटोको हुन्, ती चर्किएका छन् । कति चर्किएका छन् भनेर विवरण संकलन गरिरहेका छौं,’ उनले भने ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले पनि मानवीय क्षतिको जानकारी नभए पनि भूकम्पले घरहरू चर्काएको बताइन् ।

‘केही गुम्बा, घरहरूमा क्षति पुगेको सूचना छ । मानवीय क्षतिको जानकारी छैन । क्षतिबारे निरीक्षण गर्न सुरक्षा निकाय परिचालन गरिसकिएको छ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *