हामी सत्ता माग्न सडकमा गएका थिएनौँ : सांसद यादव

Byसदाम हुसैन

२०८३ भाद्र २४, बुधवार २०८३ भाद्र २४, बुधवार २०८३ भाद्र २४, बुधवार

सर्लाही, २४ भदौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले आन्दोलनका क्रममा आफ्ना साथीहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिँदा बन्दुकको निशानामा परेर ज्यान गुमाएको बताए । 

आफू पनि भदौ २३ गतेको आन्दोलनमा सहभागी भएको बताए । उनले आन्दोलनमा सहभागी हुने अनुमति दिनेदेखि सडकमा उत्रिनेसम्म आफू प्रत्यक्ष रूपमा जोडिएको बताए ।

यादवले युवाहरू आखिर के माग लिएर सडकमा उत्रिएका थिए तर त्यसको बदलामा लाठी र गोली खानुपरेको बताए । 

‘खासमा हामी सडकमा के माग्न गएका थियौँ । जसको बदलामा हामीले लाठी र गोली खान प¥यो । हाम्रो साथीहरू शुसानको लागि सडकमा उठ्डा बन्दुकको नालको निसानमा परेर ढले,’ उनले भने, ‘हाम्रो माग सत्ता थिएन। न त हामी कसैको भाग खोस्न गएका थियौँ ।’

उनले आन्दोलनकारीको माग सत्ता प्राप्ति नभएको भन्दै आफूहरू कसैको भाग खोस्न सडकमा नगएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *