सर्लाही, २५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बिहीबार दिउँसाेका आह्वान गर्नुभएकाे छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे । बैठकमा समसामयिक विषयमा छलफल गरिने भएकाे छ। यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत तथा प्रभावित मानिसको पुनर्स्थापनामा निरन्तर जुटिरहेको हाे ।
सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाउनुभएको सचिवालयले जनाएकाे छ ।
