सर्लाही, २६ भदाै । चितवनमा आगलागीमा परेको कारमा चालकको शव फेला परेको छ ।
भरतपुर महानगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गस्थित सर्भिस लेनमा आगलागीमा परेकाे विद्युतीय कारमा चालकको शव भेटिएको प्रहरीले जनाएको छ ।
शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलकाअनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभीमा आगो लागेको देखेपछि दमकलको सहायतामा आगो निभाइएको थियो ।
आगो निभएपछि भित्र हेर्दा चालकको सिटमा एक शव फेला परेको हो । आगलागीबाट कार पनि पूर्ण रूपमा जलेको छ ।
कारमा कसरी आगलागी भयाे खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
