पछिल्लो पाँच दिनमा काठमाण्डौमा २ लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

Byसदाम हुसैन

२०८३ भाद्र २८, आइतवार २०८३ भाद्र २८, आइतवार २०८३ भाद्र २८, आइतवार

सर्लाही, २८ भदाै । पछिल्लो पाँच दिनमा काठमाण्डौ उपत्यकामा विभिन्न कम्पनीका २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी बैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाण्डौ ल्याई बिक्री गरिएका हुन् ।

निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र शुक्रबार ४० हजार ६३६ थान सिलिण्डर काठमाण्डौमा बिक्री गरिएको छ ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले गएको भदौ १४ गतेदेखि काठमाण्डौ, धादिङ र काभ्रेमा रहेका उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर बैकल्पिक मार्गबाट काठमाण्डौ ल्याउने व्यवस्था मिलाएको थियो ।

पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाण्डौ ल्याई बिक्री गरिने निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यास नियमित आपूर्ति भैरहेको दाबी गरे पनि उपभोक्तालाई सास्ती कायमै छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचनामार्फत कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको वा तोकेको मूल्य भन्दा बढी रकम लिएको जानकारी प्राप्त भएमा ९८५१३३८३२२ नम्बरमा फोन गरी जानकारी दिन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *