मल‌गवाबाट पेस्तोलसहित भारतीय युवक पक्राउ

Byसदाम हुसैन

२०८३ भाद्र ३०, मंगलवार २०८३ भाद्र ३०, मंगलवार २०८३ भाद्र ३०, मंगलवार

सर्लाही, ३० भदाै । सर्लाही सदरमुकाम मलंगवाबाट पेस्तोल र गोलीसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जिल्ला सोनवर्षा बस्ने २८ वर्षीय नवीनकुमार हुन् ।

उनलाई मलंगवा नगरपालिका -१२, चमेलीमाई मन्दिर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो । 

इन्स्पेक्टर पाण्डेका अनुसार नवीन कुमारको साथबाट एक थान घरेलु कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ ।

चमेलीमाई मन्दिर नजिकै पार्किङ गरेर राखिएको बिआर ३० एटी ८९६१ नम्वरको मोटरसाइकललाई शङ्का लागि चेक गर्दा मोटरसाइकलको ट्याङकीमाथि राखिएको झोलाभित्रबाट हतियार बरामद भएको हो । 

नवीनकुमारलाई हातहतियार सम्वन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको इन्स्पेक्टर पाण्डेले बताउनुभयो । भारतीय नागरिकले हतियार बोकेर आउनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *