सर्लाही, ३० भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री राहत कोषमा पार्टीका तर्फबाट ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।
यसअघि पार्टीले गरेको उक्त निर्णयमा संसदीय दलका सदस्यबाट पार्टीमा कट्टा भई जाने मासिक लेवीसमेत समावेश गरिएको रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
यसका अतिरिक्त संसदीय दलका सदस्यले व्यक्तिगत रूपमा समेत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने भएका छन् । संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट सदस्यका तर्फबाट थप जनही न्यूनतम १५ हजार रुपैयाँ योगदान गर्ने प्रस्ताव अघि बढाइएको बुर्लाकोटीले बताएका छन् ।
संसदीय दलका सदस्यबाट न्यूनतम १५ हजार रुपैयाँका दरले जम्मा हुने रकम करिब २७ लाख १५ हजार रुपैयाँ पुग्ने उनले जानकारी दिएका छन् ।
पार्टी र संसदीय दलका सदस्यबाट हुने योगदान प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।
