सर्लाहीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Byसदाम हुसैन

२०८३ भाद्र ३१, बुधवार २०८३ भाद्र ३१, बुधवार २०८३ भाद्र ३१, बुधवार

सर्लाही, ३१ भदाै । सर्लाहीको कविलासी नगरपालिका -७, सिर्सियामा मंगलबार साँझ दुईवटा मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ । 

कविलासीबाट गौरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३३ प ७८२४ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३० एपी १२२४ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मधेश प्रदेश ०३–०३३ प ७८२४ नम्वरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६, का ३० वर्षीय सुमित यादव र बीआर ३० एपी १२२४ नम्वरको मोटरसाइकलका चालक कविलासी नगरपालिका–८, का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल दुर्घटनामा परेर अचेत भएका दुवै जनालाई प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो ।

दुर्घटनामा बीआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल पछाडि सवार कविलासी नगरपालिका –८, का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६, का १८ वर्षीय बब्लु कुमार घाइते भएका छन् । 

घाइते सुरेन्द्र र बब्लुको अवस्था गम्भीर छ । उनीहरुलाई मलङ्गवाबाट थप उपचारका लागि जनकपुरतर्फ रेफर गरिएको इन्स्पेक्टर पाण्डेले बताउनुभयो । 

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । दुर्घटनामा परेका मोटरसाइकल क्षतिग्रस्त अवस्थामा रहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *