सर्लाहीमा ई–रिक्सा दुर्घटनामा ८० वर्षीया महिला गम्भीर घाइते

Byसदाम हुसैन

२०८३ आश्विन १, बिहीवार २०८३ आश्विन १, बिहीवार २०८३ आश्विन १, बिहीवार

सर्लाही, १ असाेज । सर्लाहीको बागमती नगरपालिका-१० स्थित शिवमन्दिर नजिकै ई-रिक्सा दुर्घटना हुँदा एक वृद्धा गम्भीर घाइते भएकी छन् ।

दुर्घटनामा बागमती नगरपालिका–८ निवासी ८० वर्षीया तिलम माया ठकुरी घाइते भएकी हुन् । उनको छाती र ढाडमा चोट लागेको छ ।

प्रारम्भिक उपचारका लागि बरहथवास्थित हनुमन्त अस्पताल लगिए पनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि वीरगञ्जस्थित ब्योधा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

बागमती नगरपालिका-१० को भित्री सडकखण्डमा सोल्टीबाट कल्याणपुर टोलतर्फ जाँदै गरेको म.प्र.०३-००१ ह ३८२७ नम्बरको ई-रिक्सा आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

ई-रिक्सामा तिलम मायासँगै बागमती नगरपालिका–८, ठकुरी टोलकी ५० वर्षीया दुर्गा कुमारी शाही पनि सवार थिइन् । उनको खुट्टामा चोट लागेको थियो । हनुमन्त अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भएर घर फर्किएकी छन् ।

दुर्घटनामा संलग्न ई-रिक्सा र चालक बागमती नगरपालिका-८ निवासी ५३ वर्षीय तीर्थबहादुर ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *