माथिल्लो त्रिशूली १ को सुरुङमा भेटिए थप ५ वटा शव

Byसदाम हुसैन

२०८३ आश्विन ३, शनिवार २०८३ आश्विन ३, शनिवार २०८३ आश्विन ३, शनिवार

सर्लाही, ०३ असाेज । माथिल्लो त्रिशूली १ को सुरुङभित्र थप ५ वटा शव भेटिएको छ। योसँगै एउटै सुरुङमा भेटिएको शवको संख्या १८ वटा पुगेको छ । 

शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले टनेलमा निरन्तर खोजी कार्य गर्ने क्रममा अडिट ३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा १८ वटा शव फेला परेको हो । 

साँझ भेटिएका ५ वटा शव भने टनेल बाहिर निकाल्न बाँकी छ ।

आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्रको सुरूङमा ती शव फेला परेका हुन् । 

बाढी आउँदा आयोजनाको सुरुङभित्र कति जना मजदुर प्रवेश गरेका थिए भन्ने अझै यकिन भएको छैन।  

बाढीपछि यो आयोजनामा कार्यरत ४९२ जना सम्पर्कविहीन छन् । यहाँ एक हजार ४३३ जना कार्यरत थिए। कोरियाली लगानीमा यो जलविद्युत् परियोजना निर्माण भइरहेको थियो । 

यस्तै त्रिशूली ३ ‘ए’ र ३ ‘बी’को टनेल र पावर हाउसमा पनि खोजि कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *