सर्लाही, ०४ असाेज । सर्लाहीको मलंगवा नगरपालिका-६, खुटौनास्थित ग्लोबल एजुकेसन एकेडेमीमा बालदिवस तथा संविधान दिवसको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियाे ।

कोचिङ्गका संस्थापक तथा संयोजक सीताराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि व्यक्तित्वकला, सामान्य ज्ञानलगायत विभिन्न खेल तथा प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रमका आयोजक गोविन्द्र यादव रहेका थिए भने संस्थापक अमनकुमार दास र गोविन्द्र यादव रहेका छन् ।

व्यक्तित्वकला प्रतियोगितामा १७ जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा मिन्टु कुमारी साह प्रथम, साजमिन खान द्वितीय र शिवपूजन अधिकारी तृतीय भएका छन् ।

प्रतियोगिताको निष्पक्ष मूल्यांकनका लागि विद्यालयबाहिरका विशिष्ट व्यक्तिहरूलाई निर्णायकका रूपमा सहभागी गराइएको थियो ।

निर्णायक मण्डलमा श्री जनता आधारभूत विद्यालय, चक्रघट्टा गोइयाहीका प्रधानाध्यापक इन्द्रकान्त राय, ब्रह्मपुरी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अजब लाल साह र श्री जनता माध्यमिक विद्यालय, औरहीका अंग्रेजी विषयका शिक्षक विजय यादव रहेका थिए ।

त्यस्तै, विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि विभिन्न खेल तथा प्रतियोगिता सञ्चालन गरिएको थियो । जसमा म्याजिकल चेयर रेस, कबडी, स्लो साइकल रेस, दौड, चम्चा तथा कागती दौड, मटका फोर, बेलुन रेस, सामान्य ज्ञान र व्यक्तित्वकला प्रतियोगिता रहेका थिए ।

सामान्य ज्ञान प्रतियोगितामा शिवपूजन अधिकारी, सर्फराज अन्सारी र तास्किन खातुनले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।

कार्यक्रममा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल, कप, खादा तथा टीका लगाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *