एसियाली खेलकुद चलिरहँदा जापानमा भीषण आँधीको चेतावनी

Byसदाम हुसैन

२०८३ आश्विन ५, सोमवार २०८३ आश्विन ५, सोमवार २०८३ आश्विन ५, सोमवार

काठमाण्डाै, ०५ असाेज । जापानको राजधानी टोकियोसहित आसपासका क्षेत्रमा शक्तिशाली आँधीको जोखिम बढेपछि आपत्कालीन चेतावनी जारी गरिएको छ ।

अधिकारीहरूले पहिरो र बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।

शक्तिशाली ‘डुजुआन’ नामक आँधी जापानको पूर्वी तटतर्फ अघि बढिरहेको छ । यो यस वर्ष जापानमा प्रवेश गर्न लागेको २५औँ आँधी हो । आँधीको प्रभावलाई ध्यानमा राख्दै करिब ३०० वटा उडान रद्द गरिएको छ ।

त्यसैगरी, केही रेल सेवा पनि अस्थायी रूपमा बन्द गरिएको छ ।

जापानको मौसम विभागका अनुसार आँधीको प्रभावका कारण मंगलबारसम्म देशका विभिन्न क्षेत्रमा रेकर्डस्तरको वर्षा हुन सक्नेछ । विभागले विशेषगरी तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई पहिरोको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।

मौसम विभागले तोखाइ क्षेत्रमा ३५० मिलिमिटरसम्म, कान्तो र इजु द्वीपमा ३०० मिलिमिटरसम्म तथा तोहोकु क्षेत्रमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरेको छ ।

आँधीको चेतावनी जापानमा एसियाली खेलकुद आयोजना भइरहेका बेला जारी गरिएको हो ।

जापानको एसियाली खेलकुद टोलीका प्रमुख कोसे इनोउएले आँधीबाट उत्पन्न हुन सक्ने परिस्थितिबारे जापान ओलम्पिक कमिटीसँग बैठकहरू गरिएको बताएका छन् ।

उनका अनुसार बैठकको उद्देश्य आँधीका कारण उत्पन्न हुन सक्ने सम्भावित परिस्थितिसँग सामना गर्न आवश्यक तयारीको समीक्षा गर्नु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *