आगजनी भएका बसका चालकको अवस्था चिन्ताजनक

Byसदाम हुसैन

२०८३ आश्विन ५, सोमवार २०८३ आश्विन ५, सोमवार २०८३ आश्विन ५, सोमवार

सर्लाही, ०५ असाेज । काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।

कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको छ ।

‘उहाँको स्वास्थ्य अवस्था गम्भीर छ‘ उनले भने ।

घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा भीषण आगलागी भएको थियो । आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो ।

बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा हुन् । चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *