एमाले केन्द्रीय कमिटी बैठकका नौ एजेण्डा तय

Byसदाम हुसैन

२०८३ आश्विन ५, सोमवार २०८३ आश्विन ५, सोमवार २०८३ आश्विन ५, सोमवार

सर्लाही, ०५ असाेज । एमाले केन्द्रीय कमिटी बैठकका लागि नौ एजेण्डा तय भएका छन् । आजबाट सुरू बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीको प्रतिवेदन पेश गर्ने लगायतका अन्य एजेण्डाहरू छन् ।

केन्द्रीय कमिटीमा मनोनयन गर्ने, विभागहरूको गठन गर्ने, पोलिटब्यूरो गठन गर्ने, स्थायी कमिटी गठन गर्ने, सल्लाहकार परिषद र जेष्ठ्य कम्युनिस्ट मञ्च गठन गर्ने एजेण्डा पनि तय भएको छ ।

अनुशासन आयोग गठन र अन्य समसायमिक विषयहरूमा केन्द्रीय कमिटीमा छलफल हुनेछ ।

बैठकको माइन्यूट लेखनको जिम्मा उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विस्ट र महासचिव शंकर पोखरेललाई जिम्मा दिइएको छ । बहस नोट कमिटीमा उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल, सूर्य थापा, निरज आचार र खिमलाल भट्टराईलाई जिम्मा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *