सर्लाही, ०६ असाेज । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् ।
प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको जाहाजमार्फ मंगलबार दिउँसो ४ः१५ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने तालिका छन् ।
प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्ने तयारी गरेका छन् ।
महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एउटा टोली गत आइतबार नै न्यूयोर्क पुगिसकेको छ ।
परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्दै छन् ।
महासभामा सहभागी भएर प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कने तालिका छ । प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो ।
