जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला

Byसदाम हुसैन

२०८३ आश्विन ७, बुधवार २०८३ आश्विन ७, बुधवार २०८३ आश्विन ७, बुधवार

सर्लाही, ०७ असाेज । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला गरेको हो ।

आन्तरिक खुलातर्फ २,खुल्लातर्फ १ र दलिततर्फ १ गरी चार पदका लागि प्रतिस्पर्धा हुनेछ । आयोगले आन्तरिक खुल्लाका लागि २ हजार,खुल्लाका लागि २ हजार र प्रत्येक समावेशीका लागि ५ सय रुपैयाँ शुल्क तोकेको छ ।

आवेदन दिने म्याद कार्त्तिक ७ गतेसम्मलाई तोकेको छ। विज्ञानपन सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *