सर्लाही, ०९ असोज । निरन्तरको वर्षाले सडक यातायातसँगै हवाई उडानसमेत प्रभावित भएको छ । मौसमका कारण पोखरा विमानस्थल बिहानैदेखि बन्द छ भने बिहान बन्द भएको सिमरा विमानस्थल पुनः खुलेको छ ।

भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, विराटनगर, भद्रपुरलगायतका ठाउँमा उडानहरू भइरहेका छन् । तर, प्रतिकूल मौसमका कारण उडान डिले भइरहेकाले यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो फ्लाइट स्ट्याटस चेक गरेर मात्र आउन एयरलाइन्सहरूले आग्रह गरेका छन् ।

‘खराब मौसमका कारण देशभरि नै अहिले उडानहरू प्रभावित भइरहेका छन्,’ बुद्ध एयरले सूचना जारी गर्दै भनेको छ, ‘यात्रुहरूलाई विमानस्थल जानुअघि फ्लाइट स्ट्याटस जाँच गर्न अनुरोध गर्दछौँ ।’

यति एयरलाइन्सले पनि मौसमका कारण उडानहरू ढिलाइ हुनुका साथै कतिपय उडानको समयतालिका नै परिवर्तन हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

सूचना जारी गर्दै यतिले भनेको छ, ‘यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि हाम्रो वेबसाइट वा मोबाइल एपमार्फत उडानको पछिल्लो अवस्था जाँच गर्नु अनुरोध गर्दछौँ ।’

यसका साथै उडानको पछिल्लो अवस्थाबारे बुझ्न वा कुनै सहायता चाहिएमा फोन नै पनि गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।

आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रियतर्फको उडान भने निरन्तर भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

निरन्तरको वर्षाले सडक यातायातसँगै हवाई उडानसमेत प्रभावित भएको छ । मौसमका कारण पोखरा र भरतपुर विमानस्थल बिहानैदेखि बन्द भएका छन् भने बिहान बन्द भएको सिमरा विमानस्थल पुनः खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *