तिनाउ नदीमा सतर्कता तह पार, एउटा परिवारलाई सुरक्षित स्थानमा सारियो

Byसदाम हुसैन

२०८३ आश्विन ९, शुक्रवार २०८३ आश्विन ९, शुक्रवार २०८३ आश्विन ९, शुक्रवार

सर्लाही, ०९ असोज । तिनाउ नदीको बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि बाढीको जोखिम बढेको छ ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै बुटवलको तिनाउ नदी पुल नजिकै बस्दै आएको सुमित्रा दमाईंको परिवारलाई उद्धार गरी कान्ति स्कुलमा सारिएको छ । तिनाउ नदीमा बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

tinau-Uddhar-(1)-1790325927.jpg
बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशमा उच्च सतर्कतासहित सशस्त्र प्रहरीको टोली तथा आवश्यक उद्धार सामग्री र उपकरण तयारी अवस्थामा राखिएको छ ।

tinau-Uddhar-(2)-1790325927.jpg
लगातार भइरहेको वर्षाका कारण बुटवलसहित देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ । सम्भावित बाढी, डुबान तथा कटानको जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलानालाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै प्रहरीले माइकिङसमेत गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *