सप्तकोशीमा ३१ ढोका खुला, उच्च खतराको संकेत

Byसदाम हुसैन

२०८३ आश्विन ९, शुक्रवार २०८३ आश्विन ९, शुक्रवार २०८३ आश्विन ९, शुक्रवार

सर्लाही, ०९ असोज ।  सप्तकोशी नदीको जल सतह निरन्तर बढेपछि ब्यारेजका ३१ ढोका खोलिएका छन् ।

त्यहाँ अपराह्न २:१५ सम्म २ लाख ४० हजार ५५५ क्युसेक पानी मापन भएको छ । यो उच्च खतराको संकेत हो ।

बाढी पूर्वानुमान महाशाखाले चतारामा बाढी बढ्दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कोशी परियोजनाका अनुसार पानीको मात्रा बढेसँगै भारतको विहार क्षेत्र पनि जोखिममा परेको छ । नेपालतर्फबाट जति बढी ढोका खोलिन्छ, विहारमा त्यति नै जोखिम बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *