जापान र नेपाल बीचको खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा

Byसदाम हुसैन

२०८३ आश्विन १०, शनिवार २०८३ आश्विन १०, शनिवार २०८३ आश्विन १०, शनिवार

सर्लाही, १० असाेज । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेट तर्फ नेपाल क्वाटरफाइनल प्रवेश गरेको छ ।

शनिबार बिहान समूह ‘ए’ अन्तर्गत जापानसँगको खेल वर्षाले रद्ध भएसँगै नेपाल समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गर्यो। त्यस्तै नेपालले पराजित गरेको अफगानिस्तान समूह उपविजेताका रुपमा क्वाटरफाइनल प्रवेश गर्न सफल भयो ।

अब नेपालले क्वाटरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ ।

त्यस्ते अफगानिस्तानले भारतको सामना गर्ने छ । शनिबार बिहान वर्षाले सुरुवातबाटै प्रभावित खेल १५ ओभरमा घटाइएको थियो । जहाँ नेपालले सन्दीप जोरा र लोकेश बमले बिष्फोटक इनिङ खेले ।

सन्दीपले ३२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५७ रनको विष्फोटक इनिङ खेल्दा बमले २२ बलमा १ चौका र ६ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै आसिफ शेखले २१ रन बनाएका थिए। तर दोस्रो इनिङ वर्षाले प्रभावित बनाउँदा खेल रद्ध भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *