सर्लाही, १२ असोज ।  नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सरकारले पूर्वप्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरलाई मध्यरातमा ‘गुण्डागर्दी’ शैलीमा पक्राउ गरिएको टिप्पणी गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले राज्य आतंकको बर्बर नमुना प्रस्तुत गरेको आरोप लगाए ।

“बिनाकसुर, बिनाअभियोग पक्राउ गरिएको छ । हामी भन्न चाहन्छौँ कानुनभन्दा र प्रश्नभन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन,” उनले भने ।

उनले विरोध गरेको आधारमा नै सरकारले हुर्मत लिने काम गरिरहेको टिप्पणी गरे ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, एमाले उपाध्यक्ष विष्णु पौडेललाई दुःख दिएको बताए । पूर्वप्रधानन्याधीशलाई थ्रेट दिनेलाई छोडेर उनलाई पक्राउ गरिएकोमा महरले आपत्ति जनाए ।

उनले थ्रेट दिने जेनजी सार्वजनिकको माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *