काठमाण्डाै, १४ असाेज । दिल्ली उच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक डिग्रीसम्बन्धी जानकारी मागिएका निवेदनहरूको सुनुवाइ डिसेम्बरसम्मका लागि स्थगन गरेको छ ।

कानुनी समाचार दिने वेबसाइट बार एन्ड बेन्चका अनुसार ती निवेदन प्रधानन्यायाधीश डीके उपाध्याय र न्यायाधीश तेजस कारिया सम्मिलित इजलासमा सूचीबद्ध गरिएको थियो। तर तिनको सुनुवाइ हुन सकेन ।

अर्कतर्फ गुजरात उच्च अदालतले मंगलबार प्रधानमन्त्री मोदीको शैक्षिक डिग्रीसँग सम्बन्धित पुनरावेदन खारेज गरेको छ । 

कानुनी वेबसाइट लाइभ लका अनुसार उच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक डिग्रीको जानकारी नदिने गुजरात विश्वविद्यालयको निर्णयविरुद्ध आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवालको निवेदन खारेज गरेको हो । 

गुजरात उच्च अदालतका प्रधानन्यायाधीश सुनिता अग्रवाल र न्यायाधीश डीएन रेको डिभिजन बेन्चले एकल न्यायाधीशको आदेश सदर गरेको हो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *