आर्थिक सुधारका लागि यही वर्ष २७ नयाँ कानुन ल्याउँछौं : अर्थमन्त्री वाग्ले

Byसदाम हुसैन

२०८३ आश्विन १६, शुक्रवार २०८३ आश्विन १६, शुक्रवार २०८३ आश्विन १६, शुक्रवार

सर्लाही, १६ असाेज । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन् ।

शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आफू अर्थमन्त्री भएपछि पुराना ऐन खारेजदेखि नयाँ कानुन निर्माणको काम अघि बढाएको बताए । 

उनले भने, ‘म अर्थमन्त्री भएको आधा घण्टाभित्र १५ वटा पुराना ऐनहरु खारेज गरेँ । बजेटमा २७ वटा नयाँ कानुन यही वर्ष हामी लिएर आउँछौं ।’

वाग्लेले निजी क्षेत्रले विगतदेखि उठाउँदै आएको कानुन संशोधनको विषयलाई पनि सरकारले अघि बढाएको बताए। उनले भने, ‘सीएनआईले भनेको २८ वटा कानुन परिमार्जन गर्दिनुहोस् रामराज्य ल्याउँछौं हामी ।

उद्योग वाणिज्य संघले केही वर्षअघि ४२ वटा कानुनको कुरा गरेको थियो । हाम्रो कानुनमन्त्रीले यति थोरै पनि हुन्छ भनेर सबलाई उछिनेर १६६ वटा कानुन र त्यसमध्ये पनि ५४ वटा क्याविनेटबाट पास भइसकेको छ ।’

उनले आर्थिक सुधारको प्रक्रियामा विभिन्न चुनौती रहेको भन्दै नीति र संस्था कब्जागरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको कूप्रवृत्तिलाई उखेल्न समय लागिरहेका पनि बताए । 

उनले भने, ‘चुनौतीहरु पनि धेरै छन् । नीति र संस्था कब्जागरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको यो कूप्रवृत्तिलाई हल्लाउन र उखेल्न समय लागिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *