विगतको राजनीतिक हस्तक्षेपले नेपाल एयरलाइन्सको अवस्था बिग्रियो : मन्त्री पौडेल

Byसदाम हुसैन

२०८३ आश्विन १६, शुक्रवार २०८३ आश्विन १६, शुक्रवार २०८३ आश्विन १६, शुक्रवार

सर्लाही, १६ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण नेपाल एयरलाइन्सको अवस्था बिग्रिएको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले नेपाल एयरलाइन्स विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण बिग्रिएकाले हाल सकारात्मक हस्तक्षेपको अपेक्षा गरिएको बताए ।

उनले महाप्रबन्धक नियुक्तिको प्रक्रियासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले महाप्रबन्धक नियुक्ति गर्न कानुनी अड्चन भएको बताए । हाल निगमको ६ वटा जहाजमध्ये एउटामा मात्रै समस्या आउँदा पनि उडान तालिका फेरबदल गर्न र यात्रु व्यवस्थापन गर्न ठूलो धनराशि खर्च हुने गरेको पौडेलको भनाइ छ ।

विद्यमान परिपाटी र संरचनाबाट मात्र जहाज थपेर समस्या समाधान नहुने भएकाले पहिला संरचनागत सुधार आवश्यक रहेको उनले सुनाए ।

नेपाल एयरलाइन्सलाई अगाडि बढाउन एउटा साहसिलो निर्णयको खाँचो रहेको भन्दै पौडेलले केवल सरकारी निर्णयले मात्र सम्भव नरहेको बताए ।

बैठकमा समिति सदस्यहरुले निगमको व्यवस्थापन निकै कमजोर रहेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *