काठमाडौँमा प्रहरीको स्विप अपरेसन, एकैरात २५० जना पक्राउ

Byसदाम हुसैन

२०८३ आश्विन १६, शुक्रवार २०८३ आश्विन १६, शुक्रवार २०८३ आश्विन १६, शुक्रवार

सर्लाही, १६ असाेज । काठमाडौँमा प्रहरीले अपराध रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्विप अपरेसन चलाएको छ। 

बिहीबारबाट शुक्रबार बिहान ६ बजेसम्म गरिएको अपरेसनबाट २५० जना विभिन्न कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताए । पक्राउ पर्नेमा २२७ पुरुष र २३ महिला रहेका छन् । 

यसमा अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान नगरी फरार रहेका १३ जना पक्राउ परेका छन् । यस्तै गत वर्ष जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका एक जना र चालु मुद्दाका फरार प्रतिवादी तीन जना पनि पक्राउ परेका छन् । 

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिक स्थल, यातायातका सवारी साधनमा सेवाग्राही तथा आम सर्वसाधारणमाथि हातपात, हुलहुज्जत, दुव्र्यवहार, चोरी, लुटपाट, बिचौलिया, गुण्डागर्दी जस्ता आपराधिक कार्यमा संलग्न पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *