सर्लाही, १८ असाेज । स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल किशोर झा मधेश प्रदेश स्वास्थ्य निर्देशनालय, सपही (धनुषा) को निर्देशक पदमा बढुवा भई नियुक्त हुनुभएको छ ।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आउनुभएका डा. झाको पदोन्नतिसँगै मधेश प्रदेशको स्वास्थ्य सेवा प्रवाह अझ सुदृढ, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
उहाँको नियुक्तिपछि सहकर्मी, शुभचिन्तक तथा स्थानीय बासिन्दाहरूले बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिरहेका छन् ।
