सर्लाही, १८ असाेज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनमा सहभागी नहुने भएका छन् ।
गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसले महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन देउवालाई निमन्त्रणा गरेको थियो । तर, देउवाले उक्त निमन्त्रणा अस्वीकार गरेको बताइएको छ ।
गगन थापा नेतृत्वको संस्थापन पक्षले आजदेखि काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशन सुरु गर्दैछ। उता देउवा पक्षले पनि छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ ।
देउवा पक्षको महाधिवेशनका लागि वडा अधिवेशन सुरु भइसकेको बताइएको छ। संस्थापन पक्षको महाधिवेशन भने आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ ।
