सर्लाही, १८ असाेज । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)मा विभिन्न पदमा रहेका चार जनाले सामूहिक राजीनामा दिएका छन् ।
पार्टी सदस्य तथा पूर्वसंघीय सांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मो. युसुफ साफी, केन्द्रयि निर्वाचन आयोग तथा कानुन विभाग सदस्य अधिवक्ता घणश्याम शर्मा र नेता पुष्पराज चमनले राजीनामा दिएका हुन् ।
अबदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उनीहरुले उल्लेख गरेका छन् । अबदेखि ‘हुंकार मधेश’ नामक अभियानबाट अबको राजनीतिक यात्रा अगाडि बढाउने उनीहरुले उल्लेख गरेका छन् ।

