सर्लाहीमा दुर्घटनामा घाइते युवकको साथबाट सिक्सर पेस्तोल बरामद

Byसदाम हुसैन

२०८३ आश्विन १९, सोमवार २०८३ आश्विन १९, सोमवार २०८३ आश्विन १९, सोमवार

सर्लाही, १९ असाेज । सर्लाहीको कविलासी नगरपालिका-३, मदनपुरबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । 

प्रहरीले मदनपुरकै ३३ वर्षीय तुलसी ठाकुरलाई पक्राउ गरेका छन् । ठाकुरलाई एक थान सिक्सर पेस्तोलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।  

मोटरसाइकल दुर्घटना भएको सूचना पाएपछि घटनास्थलमा प्रहरीले मोटरसाइकल चालक ठाकुरको साथबाट हतियार बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो । 

ठाकुर सोमबार बिहानपख बीआर ३० वाइ २८५३ नम्बरको मोटरसाइकल चढेर प्रदेश राजधानी जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गर्दा दुर्घटनामा परेका थिउ । 

मोटरसाइकल दुर्घटना हुँदा ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले बताए । प्राथमिक उपचारपछि उनलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखी अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिनुभयो । 

ठाकुरले कुनै आपराधिक घटना घटाउने उद्देश्यले पेस्तोल बोकेर हिँडेको हुनसक्ने आशङ्का गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *