युक्रेनमा भारतीय व्यापारीको औषधि कारखानामा भीषण आक्रमण

Byसदाम हुसैन

२०८३ आश्विन १९, सोमवार २०८३ आश्विन १९, सोमवार २०८३ आश्विन १९, सोमवार

सर्लाही, १९ असाेज । युक्रेनको सुमी सहरस्थित भारतीय व्यापारी राजीव गुप्ताको औषधि कारखानामा रुसले ड्रोन आक्रमण गरेको छ ।

आक्रमणमा एक जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् । हमलाबाट कारखानाको मुख्य भवनका धेरैजसो भाग ध्वस्त भएको छ । प्रारम्भिक अनुमानअनुसार कम्पनीलाई कम्तीमा ४ अर्ब डलर क्षति भएको छ ।

आक्रमणपछि कारखाना क्षेत्रबाट धुवाँको ठुलो मुस्लो देखिएको थियो । अधिकारीहरूले मृत्यु र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । हमला गरिएको कारखाना रुसको सीमाबाट लगभग २३ किलोमिटर टाढा पर्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कुसुम ग्रुपको यो कारखाना भारतीय नागरिक राजीव गुप्ताले सञ्चालन गर्छन् । सन् १९९० को दशकमा युक्रेन गएका उनले त्यहाँ कुसुम ग्रुप व्यवसाय स्थापना गरेका हुन् ।

कम्पनीले १९९४ मा युक्रेनमा भारतीय औषधिको वितरकका रूपमा काम थालेको हो । १९९६ मा यो औपचारिक रूपमा युक्रेनमा समावेश भएको हो । 

कुसुम समूहको मुख्यालय युक्रेनको राजधानी किभमा छ। यसलाई युक्रेनमा सञ्चालित अग्रणी भारतीय औषधि कम्पनीमध्ये एक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *