सर्लाही, १९ असाेज । सर्लाहीको कविलासी नगरपालिका-३, मदनपुरबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीले मदनपुरकै ३३ वर्षीय तुलसी ठाकुरलाई पक्राउ गरेका छन् । ठाकुरलाई एक थान सिक्सर पेस्तोलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाइकल दुर्घटना भएको सूचना पाएपछि घटनास्थलमा प्रहरीले मोटरसाइकल चालक ठाकुरको साथबाट हतियार बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
ठाकुर सोमबार बिहानपख बीआर ३० वाइ २८५३ नम्बरको मोटरसाइकल चढेर प्रदेश राजधानी जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गर्दा दुर्घटनामा परेका थिउ ।
मोटरसाइकल दुर्घटना हुँदा ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले बताए । प्राथमिक उपचारपछि उनलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखी अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिनुभयो ।
ठाकुरले कुनै आपराधिक घटना घटाउने उद्देश्यले पेस्तोल बोकेर हिँडेको हुनसक्ने आशङ्का गरिएको छ ।
