मीन विश्वकर्माले महामन्त्री र रामहरि खतिवडाले सहमहामन्त्रीमा उमेदवारी दिने

Byसदाम हुसैन

२०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार

सर्लाही, २० असोज । नेपाली कांग्रेसको इतर पक्षबाट संस्थापन पक्षमा फर्किएका नेताहरूले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न पदमा उमेदवारी दिने तयारी गरेका छन् ।

इतर पक्षबाट संस्थापनमा फर्किएका नेता मीन विश्वकर्माले महामन्त्री पदमा उमेदवारी दिने तयारी गरेका छन् । बाह्रखरीसँग कुरा गर्दै विश्वकर्माले भने, “सहमहामन्त्रीमा त टीको लगाएर दिए पनि म मान्दिनँ, महामन्त्रीमा मेरो दाबेदारी छ ।”

त्यस्तै, नेता रामहरि खतिवडाले सहमहामन्त्रीमा खुलातर्फ उमेदवारी दिने तयारी गरेका छन् । “खुलातर्फ सहमहामन्त्रीमा मेरो दाबेदारी छ,” खतिवडाले बाह्रखरीसँग भने ।

अर्का नेता श्याम घिमिरेले केन्द्रीय सदस्य खुलातर्फ उमेदवारी दिने तयारी गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *