आज यी प्रदेशमा हुरी र असिनासहित वर्षाको सम्भावना

Byसदाम हुसैन

२०८३ आश्विन २१, बुधवार २०८३ आश्विन २१, बुधवार २०८३ आश्विन २१, बुधवार

सर्लाही, २१ असाेज । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा कास्कीको मालेपाटन केन्द्रमा ३४.४ मिलिमिटर भएको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ६:३८ बजे जनाएको छ । 

मौसम महाशाखाका अनुसार उक्त अविधमा कोसी, बगमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ ।

आजका लागि यस्तो छ प्रक्षेपण–

२०८३ असोज २१ गते (बुधबार)

दिउँसो : देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल तथा बाँकी तराई भेगमा आंशिक बादल लाग्नेछ ।

देशको हिमाली भूभागको थोरै स्थानमा र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेसलगायत कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमवर्षाको सम्भावना छ । 

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : कोसी प्रदेशका सबै स्थान तथा देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने छ। तराईको आकाशमा आंशिक बादल लाग्नेछ। बिहानीपख तराई भूभागमा हुस्सु/कुहिरो पनि सम्भावना छ ।

देशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। देशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *