एमाले स्थायी कमिटी बैठकमा विद्या भण्डारी सहभागी

Byसदाम हुसैन

२०८३ आश्विन २२, बिहीवार २०८३ आश्विन २२, बिहीवार २०८३ आश्विन २२, बिहीवार

सर्लाही, २२ असोज । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बिहीबार (असोज २२) दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११औँ महाधिवेशनपछिको पहिलो बैठक बसेको हो ।

बैठकमा वरिष्ठ नेता विद्या भण्डारी पनि सहभागी छिन् । पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले यही असोज ६ गते वरिष्ठ नेता बनाएको थियो । उनको वरीयता अध्यक्ष केपी शर्मा ओलीपछि हुने गरी तोकिएको छ ।

भण्डारीको भूमिका प्रस्ट्याएर ओलीले अपानि जारी गरिसकेका छन् । उनी वरिष्ठ नेता बनेपछि पहिलोपटक बैठकमा सहभागी भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *