सर्लाहीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Byसदाम हुसैन

२०८३ आश्विन २४, शनिवार २०८३ आश्विन २४, शनिवार २०८३ आश्विन २४, शनिवार
साङ्केतिक फोटो ।

सर्लाही, २४ असोज । सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मलंगवा नगरपालिका–७ गणेशियाका ३० वर्षीय अरविन्द साह छन् । शनिबार बिहान करिब ८ः१५ बजे नवलपुर-मलंगवा सडकखण्डमा नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको ना.१ ज ६३०८ नम्बरको म्याजिकले विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि सम्पर्कविहीन भएका म्याजिक चालक ३३ वर्षीय नजामुदिन बैठा प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *