सर्लाही, २७ असाेज । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।

उनी मंगलबार दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १६ वटाभन्दा धेरै द्विपक्षीय र बहुपक्षीय बैठकमा र छलफलमा सहभागिता जनाउने छन् ।

बैठकमा सहभागी हुन अर्थसचिव डा.घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सह-सचिव अमृत लम्साल,अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि त्यसतर्फ जानेछन् । अर्थमन्त्री डा.वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *