काठमाडौं, २७ असोज । आइसीसी विश्वकप लिग २ अन्तरगत ओमानमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो म्याचमा नेपाल अहिले घरेलु टिमविरुद्ध भिड्दैछ ।
नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
नेपाली टिममा आज अलराउन्डर गुलशन झा उपलब्ध छैनन् । झा चोटका कारण प्लेफङ ११ मा नरहेको कप्तान सन्दीप लामिछानेले बताए ।
गुलशनको स्थानमा सन्दीप जोरालाई ल्याइएको छ । अरु परिवर्तन छैन ।
