विमानस्थलमा पैसा असुलेको आरोप, अध्यागमनले भन्यो- ट्रान्जेक्सन देखियो

Byसदाम हुसैन

२०८३ आश्विन २८, बुधवार २०८३ आश्विन २८, बुधवार २०८३ आश्विन २८, बुधवार

सर्लाही, २८ असाेज । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद क्रियाकलाप गरेको आशंकमा एक एयरलाइन्सका कर्मचारीलाई सुरक्षा कार्यालयको जिम्मा लगाएको छ ।

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृतको हस्ताक्षरमा जारी विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो ।

विज्ञप्तिअनुसार, असोज २६ गते सोमबार मिनबहादुर रावत वैदेशिक रोजगारीमा जाने क्रममा श्रमको म्याद समाप्त भएकाले पुनः श्रम स्वीकृति गरेबापत बढी रकम असुल गरेको भन्ने उजुरी फोनमार्फत कार्यालयमा आएको जानकारी दिइएको छ ।

प्राप्त उजुरीका सम्बन्धमा प्रारम्भिक छानबिन गर्दा इसेवा आईडीमा १४ हजार ट्रान्जेक्सन देखिएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

“हिमालयन एयरलाइन्सका कर्मचारी श्री हंशराज जैशीको मोबाइल नम्बरको Esewa मा रू.१४,०००।- (अक्षरेपि चौध हजार मात्र) Transaction भएको साथै कार्यालयको CCTV फुटेज समेतको आधारमा यात्रुलाई सहजीकरणको बाहनामा शङ्कास्पद क्रियाकलाप गरेको देखिएकाले निज जैशीमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्नका लागि त्रि.अ.वि. सुरक्षा कार्यालयको जिम्मा लगाइएको व्यहोरा जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *