सर्लाही, २८ असाेज । सर्लाहीको ईश्वरपुर नगरपालिका–३ स्थित बानटोलदेखि भत्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयसम्म बालविवाहमुक्त वडा घोषणासम्बन्धी जनचेतनामूलक र्याली निकालिएको छ ।
ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडाध्यक्षहरू, जनप्रतिनिधि, स्थानीयवासी, विद्यालयका शिक्षक तथा विद्यार्थी गरी करिब ३०० जनाको सहभागिता रहेको थियो ।
बालविवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजित उक्त र्याली सरस्वती माध्यमिक विद्यालयमा पुगेर शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।
