कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोलसहित पक्राउ

Byसदाम हुसैन

२०८३ आश्विन २९, बिहीवार २०८३ आश्विन २९, बिहीवार २०८३ आश्विन २९, बिहीवार

सर्लाही, २९ असोज ।  सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पेस्तोलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

उनको साथबाट २ थान पेस्तोल, ३ थान म्यागजिन र गोली १५ राउन्ड बरामद भएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *