भरतपुरमा रोकिराखेको ट्रकलाई ठक्कर दिएपछि बस चालक भागे, ८ जना घाइते

Byसदाम हुसैन

२०८३ आश्विन २९, बिहीवार २०८३ आश्विन २९, बिहीवार २०८३ आश्विन २९, बिहीवार

सर्लाही, २९ असाेज । चितवनको भरतपुरमा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् । 

भरतपुर महानगरपालिका–२९ खहरेमा सडक छेउमा रोकिराखेको लु २ ख ५२७६ नम्बरको ट्रकलाई भरतपुर महानगरपालिका–२९, खहरेमा बसले ठक्कर दिएको हो । 

काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ६ ख १८९० नम्बरको बसले आज बिहान करिब ४ बजे ट्रकलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए । 

घाइतेमध्ये सात जना बसका यात्रु हुन् । ठक्करबाट ट्रक चालक पनि घाइते भएका छन् । 

घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा हुम्लाको अदानचुली गाउँपालिका–४ का ३६ वर्षीय कृपानन्द जैसी, कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ४५ वर्षीय मोहनलाल थारू, बर्दियाको मधुवन नगरपालिका–७ की ५६ वर्षीया कमलादेवी खत्री, सोही स्थानकी २६ वर्षीया यनुका अधिकारी, हुम्लाको ताजाकोट गाउँपालिकाका ३३ वर्षीय रामबहादुर थापा, सर्लाहीको बरहथवा नगरपालिका–९ की १७ वर्षीया शान्तिकुमारी महतो र सोही स्थानका ३१ वर्षीय अरुण महतो छन् ।

अरुण ट्रक चालक हुन् । दुर्घटनापछि बस चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *